४ वैशाख २०८१ मंगलबार
समाज

बैतडीमा लिफ्टबाट खानेपानी

पञ्चेश्वर गाउँपालिका–५ मा लिफ्टिङ प्रणालीबाट ल्याएको खानेपानीको ट्यांकी । तस्बिरः नागरिक

बैतडीको पञ्चेश्वर गाउँपालिका–५ धीरमडामा लिफ्टबाट खानेपानी पुगेको छ। गाउँमा लिफ्टिङ प्रणाली मार्फत खानेपानी पुगेपछि स्थानीयवासी हर्षित भएका छन्। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय नागार्जुन सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजनाबाट एक घर एक धारा निर्माण भएपछि हर्षित भएको खानेपानी उपभोक्ता समिति अध्यक्ष हर्कबहादुर चन्दले बताए।

१ करोड २४ लाख ५ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो। पञ्चेश्वर गाउँपालिकाको २५ प्रतिशत, उपभोक्ताको २६ प्रतिशत र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ४९ प्रतिशतको लागतमा खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना बैतडीका दुर्गा पाण्डेले बताए। सो योजनाबाट ४७ घरधुरीका करिब ४ सय नागरिक लाभान्वित भएका छन्। 

योजना अन्तर्गत १६ हजार लिटर क्षमताका २ र ८ हजार लिटर क्षमताको एउटा ट्यांकी निर्माण गरिएको छ। ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले जिल्लाकमा स्थानीय तहसँगको साझेदारीमा खानेपानी र सरसफाइका क्रियाकलाप सञ्चालन गरेको पाण्डेले जानकारी दिए।

घरघरममा खानेपानीको धारा बनेपछि पिउने पानीको लागि घण्टौं हिँडनुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन्।       

 

प्रकाशित: १६ मंसिर २०७७ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App