भक्तपुरको मध्यपुर ठिमी नगपालिका वडा नं ४ एस.एस. चोक नजिक भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। भक्तपुरबाट काठमाडौंतर्फ जादै गरेको बा ७३ प ३८२ नं को स्कुटी अनियन्त्रित भई आफै दुर्घटना हुँंदा स्कुटी चालक भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे बस्ने वर्ष २९ का राजु तामाङको मृत्यु भएको हो। एस.एस. चोकमा रहेको ट्राफिक आइल्याण्डलाई ठक्कर दिँदा उक्त दुर्घटना भई मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
गम्भीर घाइते भएको हुँदा उपचारका लागि मध्यपुर अस्पताल ठिमी, भक्तपुर प्राथमिक उपचार पश्चात् थप उपचारका लागि नर्भिक अस्पताल रिफर गरिएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले घाइते तामाङलाई मृत घोषणा गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए। शव सम्बन्धी अन्य अनुसन्धान कार्य भइरहेको र घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाएको छ।
प्रकाशित: १६ मंसिर २०७७ ०७:०९ मंगलबार