coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना कहरः मन्त्री नै गैरजिम्मेवार

आन्तरिक मामिला मन्त्री कुलप्रशाद केसि सहभागी प्राबिधिक शिक्षा उद्घाटन कार्यक्रम । उर्जा मन्त्री बर्षमान पुन सहभागी विद्युत सबस्टेसन उद्घाटन कार्यक्रम ।

कोरोना संक्रमणले आतंक मच्चाएपछि सरकारले भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न बेला बेलामा अनुरोध गर्दै आएको छ। त्यसो त स्थानीय प्रसाशनले पनि माथिको निर्देशन भन्दै मास्क प्रयोग र सामाजिक दूरीका सवालमा चासो दिने गर्दछ। तर सरकार कै मन्त्रीहरु कोरोना त्रास फैलाउँदै हिँडिरहेका छन्। यस्तो बिसम र जटिल अवस्थामा समेत उनीहरुलाई उद्घाटन र शिलान्यासमा भ्याई नभ्याई छ।  

केहि समयअघि कोरोना संक्रमित भएर निको भएका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी आइतबार प्राबिधिक शिक्षा उद्घाटन गर्न दलबलसहित रोल्पाको जेल्वाङ पुगे। उनको स्वागतमा जेल्वाङीहरुले निकै मेहनत गरे। स्थानीय र विद्यार्थीहरु सामाजिक दूरी त परैको कुरा मास्क समेत लगाई मन्त्री अगाडि भिड देखाउन उपस्थित भए। सम्भबतः उनी नगएको भए पनि त्यहाँ पठनपाठन रुक्ने अवस्था थिएन।

उता सोमबार उर्जा मन्त्री बर्षमान पुन हवाई मार्ग प्रयोग गरेर जिल्लाका बिभिन्न स्थानमा उद्घाटन र शिलान्यासमा सहभागी भए। उनको उपस्थिती रहेका हरेक कार्यक्रममा सरकारले कोरोनाबाट बच्न भनेका कुनै पनि मापदण्ड पुरा गरिएन। उर्जा मन्त्री पुन विद्युतको सबस्टेसन र स्थानीय तहमा बन्ने अस्पतालको उद्घाटन, शिालन्यास गर्न हेलिकप्टरको बाटोबाट चार स्थानमा पुगेका थिए। स्थानीयका अनुसार मन्त्रीको उपस्थिती बिना नै सम्पन्न हुन सक्ने ति कार्यक्रममा जबर्जस्ती भिड जम्मा गरिनुको कारण खोजि हुनु जरुरी छ।

सरकार पक्षमात्र होइन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि भिडभाड वाला कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। केहि दिन अगाडी रोल्पाको होलेरीमा बिरोध कार्यक्रम गरेको कांग्रेसले आइतबार गाउँपालिकाको कार्यशैलीको बिरोध गर्दै माडि गाउँपालिकाको घर्तीगाउँमा जमघटका साथ पत्रकार सम्मेलन पनि सकाएको छ।  

स्थानीय प्रसाशनले रोल्पामा गर्न थालिएको धार्मिक कुल पूजा रोक्न अनेक उपाय अपनाए पनि मन्त्री सहभागी हरेक कार्यक्रममा आफ्नो गतिलो सहभागिता जनाएको छ। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु स्कटिङ र स्वागतका लागि दलबलसहित मन्त्रीको अघि पछि दौडिन ब्यस्त देखिन्थे। कोरोना संक्रमण न्यूनिकरणका उपायमा ध्यान केन्द्रित नगरेको राज्यका जिम्मेवार नेतृत्व ठूलो धनराशि खर्च गर्दै उद्घाटन र शिलान्यासमा हवाई मार्ग र स्थल मार्गबाट हिडिरहँदा नागरिक समाजले सहज रुपमा भने लिएको छैन।  

‘नेतृत्वमा सम्बेदनशिलता देखिएन। शिलान्यास र उद्घाटन त स्थानीय तह आफैले गर्न सक्थे। बिकल्प अरु पनि थिए।’ पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने भन्छन्। ‘मन्त्रीले नै जोखिम विस्तार गरेका छन्।’ उनका अनुसार जिल्लामा आइसोलेसन छैन। मन्त्रीको यसपालिको खर्चले एउटा स्थानीय तहमा आइसोलेसन बन्न सक्ने थियो। पत्रकार महासंघका अध्यक्ष न्यौपाने जस्तै महिला अधिकारकर्मी श्रीकुमारी रोका भन्छिन्, ‘यो तामझाम जरुरी थिएन। 

कोरोना ठूलाबडाबाट सर्दैन वा हामिले सारे पनि असर पर्दैन भन्ने बुझाइ छ।’ उनी भन्छिन्, ‘यो यात्राले राज्यको ढुकुटीमा कति खर्च भयो नागरिकलाई कति भारपर्छ भन्ने ध्यान दिइएको छैन।’ उनका अनुसार उद्घाटन र शिलान्यास गर्न आउँदा मन्त्रीले गरेको खर्चले कतै आइसोलेसन तयार गर्न पनि सकिन्थ्यो।

प्रकाशित: १५ मंसिर २०७७ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App