७ वैशाख २०८१ शुक्रबार
समाज

थप २९ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १५ सय नाघ्यो

पछिल्लो २४ घन्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ।  

२४ घन्टामा १ हजार ४७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १ हजार ९३१ जना संक्रमित निको भएका छन्।

हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ रहेको छ। कोरोना मुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ रहेको छ।  

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ भने ५३५ जना क्वारेन्टिनमा रहेका छन्।  

प्रकाशित: १५ मंसिर २०७७ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App