२२ फाल्गुन २०७७ शनिबार
समाज

औल झरे चौरी गोठ

ताप्लेजुङको खाम्बाचेनमा खोला तर्दै चौरी। तश्विर: गिरिराज /नागरिक

पाँचथरको उत्तरी फालेलुङको मेमेङमा योगेन्द्र साउदेनले भेडाहरु बस्तीनजिक रहेको गुरासे भन्ने ठाँउमा  ल्याईपुर्‍याएका छन्। जाडो बढ्दै गएपछि उनले चोक (भेडीगोठ) सार्दै वस्ती नजिक ल्याएका हुन्। एकदशक यता उच्च पहाडी क्षेत्रमा भेडी गोठ सञ्चालन गर्दै आएका साउदेन हरेक हिउँदमा गाँउमा आहिपुग्छन्। तातो नबढेसम्म उनको बसाई गाँउतिर हुन्छ, भेडाहरु गाँउनजिकै। बैशाखपछि फेरि उकालो जानेगरी गाँउ झारिएको उनले सुनाए।

‘विखे भन्ने ठाँउसम्म पुर्‍याउछौँ। चारवटा चोक सार्दै यहाँ ल्याईर्‍याएको। बैशाखदेखि उभौली सुरु हुन्छ’, साउदेनले भने, ‘भेडाहरु आफूै उधो झर्न खोज्छन्।’ चिसो समयमा चौरी भेडाबाट कममात्र आम्दानी हुन्छ। गर्भधारणको समय भएका दुध लगायतका आम्दानी हुदैन्।  

उधौलीको सिजन चलिरहेको छ। पशु–चौपाया पनि जाडो विदा मनाउन औल पुग्छन्। ताप्लेजुङमा हिमालको काखमा पुग्ने तथा पाँचथरको उच्च पहाडी क्षेत्रमा रहेको चौरी, भेडा औलीतर्फ झर्न लागेका छन्। चौरी–भेडा औल लागेपछि गोठमा काम गर्नेहरु जाडो विदा सुरु हुन्छ। कहाँसम्म गोठ सार्ने भन्ने हुन्छ। हिउँदमा अधिकाशले बस्ती नजिक गोठ ल्याउछन्। गोठबाट आम्दानी हुने मुख्य सिजन बर्खायामनै हो।

चौरीभित्र विभिन्न प्रजाती छन्। डि, याक, उराङ, फन्जु लगायतका पालीने चौरी गोठ यतिबेला धमाधम औल झरीरहेका छन्। लेकमा चिसो हुने, हिउँ पर्ने, घाँस कम हुने भएकाले औलतीर झारीन्छ। ४ हजार १ मीटर उचाईमा रहेको रामजेरमा रहेका डि गोठमा काम गर्ने सोनाम शेर्पाका अनुसार ‘हिमालतीर लखेटर लखेटेपनि चौरी तल झरीहाल्छन्। माथितिर घास कमहुदै जान्छ। अब अझै यहाँभन्दा तल लैजान्छौँ।’

हिमाली क्षेत्रका चौरी, भेडा उच्च पहाडी क्षेत्रमा  र उच्च पहाडी क्षेत्रमा रहेकाहरु मध्यपहाड नजिक आहिपुग्छन्। ‘अब त जाडो विदा सुरु भयो हाम्रो पनि’ मुसुक्क हास्दै सोनामले भने। घुन्साका सोनामा दुई दिन हिड्दा पुगिने रामजेरको गोठमा काम गर्छन्। चेराम भन्ने ठाँउ नजिक गोठ ल्याएर घर जाने दाउमा रहेका छन्। घुम्ती चरणमा आधारीत भएका भेडीगोठ (चोक) सार्दा सबै समान सारीन्छ। पाल लगाएर गोठ राखिन्छ। तर चौरी  गोठ भने तातो र चिसो समयका लागी बनाइएको हुन्छ। जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरु घर फर्किन्छन्। ताप्लेजुङको श्रृजंगा गाँउपालीकाको नयाँ झोर्नीमा गोठमा काम गने अनिल लिम्बु गाँउ झरेका छन्। ‘हिउँद भरी घरमा काम सगाए तातोफिरेपछि उकालो चढिन्छ। यसो गरेको दश बर्ष भयो। साउजीहरु घर–गोठ गरिरहनु हुन्छ। हामी त कामको सिजनमा गोठको गोठनी’ उनले भने ‘हिँउमा चौरी गाँउ नजिक पुग्छन्। गोठमा काम हुदैन् र घर गहिन्छ।’

अहाँ बर्खामा गोठहुन्छ त्यहाँबाट केहि तल झारीन्छ। घरभन्दा टाढा गोठ राख्ने चलन चिनको तिब्बत हुदै नेपाल भित्रिएको बताईन्छ।पाँचथरको फालेलुङ गाँउपालीकाको चाररातेका जंग राई गोठ सार्ने तयारीमा छन्। ‘यहि हप्ता गोठ सार्ने गरी तयारी गरेको छु। चौरीहरु ओराले झर्न खोजीरहेका छन्’–उनले भने। चौरी गोठभन्दा भेडी गोठ कम रहेका छन्। चौरी गोठबाट घ्यू, छुर्पि तथा मासु उत्पादन हुन्छ। भेडीगोठबाट पाठापाठी, मासु, उन उत्पादन हुन्छ।

गोठमा राम्रो आम्दानी हुने बताईन्छ। तर विगतको तुलनमा यस्ता गोठहरु घट्ने क्रममा रहेका छन्। नयाँ पुस्ताहरु कमैमात्र यतातर्फ रहेका छन्। आम्दानी हुने भएपनि बढि दुख हुने भएकाले यो घट्ने क्रम देखिन्छ। गोठमा कामगर्नेहरु दुखसुख नानीहरुलाई सहर तथा सिक्खिम, दार्जेलीङमा पढाईरहेका छन्। गोठका साहुजीहरुका नानीहरु कमैमात्र यता बस्छन्। ‘अब नानीहरुलाई आफू जस्तो गोठलो त बनाउनु भएनन नी’ सोनाम भन्छन् ‘गोठमा दुख गरेर दाजिलिङमा पढाउदै छु।’

नयाँ पुस्ताको आर्कषण गोठमा नहुने सम्भावना रहेको पाँचथरको फालोट क्षेत्रका गोठ सञ्चालक चन्द्रलाल नेपाल बताउँछन्। ‘अहिले गोठलाई व्यवस्थीत गरेर लैजादै छौँ। सफा, चिटिक्क पारेका गोठ छन्। चौरी हिमाली क्षेत्रको पहिचान पनि हो’ नेपाल भन्छन् ‘उत्पादन विक्रि गर्न असहज छैन्। तर नयाँ पुस्ता यो एकान्तमा दुख गर्न चाहादैन जस्तो छ।’

राम्रोसँग गर्न सक्दा गोठमा राम्रै आम्दानी भएको ताप्लेजुङको फावाखोलाका गोठ सञ्चालक कमल विष्ट बताउँछन्। युवा व्यवसायी विष्ट भन्छन् ‘राज्यले गोठ राखेर पशुपालन गर्नेलाई प्राथमिकतामा राखेर सहयोग गर्नु पर्छ।’

प्रकाशित: १५ मंसिर २०७७ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App