१६ चैत्र २०८० शुक्रबार
समाज

उदयपुरमा बिभिन्न घट्नामा दुईजनाको निधन

उदयपुरमा ट्याक्टरको ठक्करबाट एक किशोरको निधन भएको छ। शुक्रबार साँझ त्रियुगा नगरपालिका १५ हुवास डहरस्थित स १ त ५७९७ नं. को ट्याक्टरको ठक्करबाट सोही ठाउँका १६ वर्षीय हिक्मत नेपालीको निधन भएको प्रहरीले जनाएको छ।  

बाटो काट्ने क्रममा ट्याक्टरको ठक्कर लागेर घाइते भएका नेपालीको घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घट्नालगत्तै चालक भने फरार भएकाले खोजी कार्य भईरहेको छ भने ट्याक्टर नियन्त्रणमा लिइएको छ।  

घट्नास्थलबाट ९ किलोमिटर टाढा रहेको प्रहरी चौकी साउनेबाट खटेको टोलीले कानुनी प्रक्रिया पुरा गरी सर्जमिन मुचुल्का उठाएर फर्केको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।  

उता जिल्लाको उदयपुरगढीका एक पुरुषको भीरबाट लडेर निधन भएको प्रहरीले जनाएको छ। उदयपुरगढी ४ आमे पाखाको भीरबाट लडेर सोही ठाउँका ५३ वर्षीय ज्ञानबहादुर मगरको गत बिहीबार निधन भएको प्रहरीले जनाएको छ।  

सदरमुकाम गाईघाटदेखि ५० किलोमिट टाढा रहेको घट्नास्थलमा उदयपुरगढी प्रहरी चौकीबाट टोली गएर सर्जमिन मुचुल्का तयार गरी फर्केको छ। शवलाई गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी शनिबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७७ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App