६ वैशाख २०८१ बिहीबार
समाज

'कृषकका गुनासा हट्न समय लाग्छ'

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन्। सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए।

उनले भने,'कृषकका गुनासा हट्न समय लाग्छ। कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ।' कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै उनले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए।  

फरक प्रसङ्गमा कृषिमन्त्री भुषालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए। उनले भने,'कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो। मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्छ।' उनले पार्टीभित्रको विवादलाई विधिभित्र राखेर समाधान गर्ने जानकारी दिए।

पार्टी दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी रहेको उनको भनाइ थियो। उनले भने,'पार्टी एउटा घर हो। तपाई हाम्रो घरभित्र समस्यारहित छैन। त्यस्तै हो यो। विवाद मिलाउँदै जानुपर्छ।' ठूलो पार्टीभित्र विवाद हुनु स्वभाविक भएको उनको जिकिर थियो। रासस

प्रकाशित: १३ मंसिर २०७७ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App