७ वैशाख २०८१ शुक्रबार
समाज

लागूऔषधसहित युवा पक्राउ

सप्तरीका एक युवक उदयपुरमा लागुऔषधसहित पक्राउ परेका छन्। सप्तरीको सप्तकोसी नगरपालिका–३ फत्तेपुरका १९ वर्षीय प्रदीप देउजा लागुऔषध नाइटोजेपामसहित पक्राउ परेका हुन्। 

सदरमुकाम त्रियुगा नगरपालिका–१३ हवाइफिल्डस्थित अस्थायी प्रहरी पोस्टबाट खटेको टोलीले सोही वडाको जोगीपोखरीबाट बुधबार राति देउजालाई लागुऔषध नाइटोजेपामसहित नियन्त्रणमा लिएको हो। 

उनीमाथि शंका लागि प्रहरीले चेकजाँच गर्दा ३२ थान नाइटोजेपाम ट्याब्लेट फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७७ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App