६ वैशाख २०८१ बिहीबार
समाज

घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण हेटौंडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्राधिकरणका नवौँ तहका इञ्जिनियर जैसवाललाई प्रसारण लाइनभित्र पर्ने रुख कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिँदै गरेका अभियोगमा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी जैसवालविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। रासस 

प्रकाशित: १२ मंसिर २०७७ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App