coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मकवानपुरमा दुई शव फेला

इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ। उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो।  

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ।  यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो।रासस 

प्रकाशित: १२ मंसिर २०७७ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App