७ वैशाख २०८१ शुक्रबार
समाज

गुल्मी दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत

गुल्मीको इम्मामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। इस्माबाट जिल्ला सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप इस्मा ४ को दोहोली हुल भन्ने स्थानमा आज (शुक्रबार) बिहान दुर्घटना भएको हो। ५ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारकालागि  अस्पतालमा लैजादै गर्दा मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ।

मुत्यु हुनेमा इश्मा ४ का ३३ बर्षीय शिव दर्लामी,३०बर्षीय वशन्त दर्लामी,६५ बर्षीय डम्बर हितान, ३३बर्षीय धनबहादुर अछामी,१९ बर्षीय फर्सुराम  थापा र मालिका गाँउपालिका ५ की ८० बर्षे सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार जिपका सवार ९ जना मध्ये चालक बुद्ध बस्नेत  सकुसल छन। सहचालक कमल हितान र इश्माकै २८ बर्षे सरस्वती दर्लामी घाइते छन। दोहोली हुलमा घुम्ती मोड्ने क्रममा जिप भिरबाट ४ सय मिटर तल खसेको इश्मा प्रहरी चौकीले बताएको छ। चालक र जिप अहिले  प्रहरी नियन्त्रणमा छ। थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले बताए।

प्रकाशित: १२ मंसिर २०७७ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App