८ कार्तिक २०७८ सोमबार
समाज

‘दुःखीलाई सधैं कोरोना’

पिँढीमा बसेर आफ्नो दुःख सुनाउँदै लट्टु सदा र उनकी श्रीमती फूलकुमारी । तस्बिर: उपेन्द्र/नागरिक

धनौजी गाउँपालिका–४ का लट्टु सदाले माटोसँग खेल्न थालेको ६ दशक भयो । बाल्यकालदेखि नै उनको सरीर यही माटोकै कारण धुलाम्मै हुँदै आएको छ । तर विडम्बना उनको आँगनकै धुलोमा समेत उनको स्वामित्व छैन ।

यतिबेला सिंगो मुलुक कोरोना भाइरसका कारण चिन्तित छ । तर जमिन्दारको जमिनमा बस्दै आएका हरुवा–चरुवा समुदायका लट्टुलाई भने आफू बस्दै आएको छाप्रोसमेत गुम्न लागेको चिन्ताले सताएको छ ।

‘चार धुरमा बनेको छाप्रोमा ३० जनाको परिवार खाँदिएको छ’, लट्टुले भने, ‘जिमदारले यही जमिन पनि छाड् भन्न थालेको छ । अब कहाँ गएर बस्ने होला ? दुःखीलाई सधैँ कोरोनो ।’ ६० वर्षीया पत्नी फूलकुमारीसँग पिँढीमा बसेका६३ र्वाीय लट्टुले चिन्तित हुँदै थपे, ‘जमिन गुम्न लागेको पिर कोरोनाभन्दा पनि डरलाग्दो छ ।’

यो समस्या उनको मात्र हैन, यस क्षेत्रमा रहेका प्रायः सबै हरुवा÷चरुवा यही चिन्तामा छन् यतिखेर ।पुस्तैनीबस्दै आएको जमिनपनि आफ्नो हुन नसकेको साझा पीडा छ उनीहरूसँग । ‘मेरो हजुरबा पनि हरुवा, बा पनि हरुवा, नाति पनि हरुवा,’ छिमेकी बिहारी माझीको गुनासो थियो, ‘पुस्तौँदेखि बस्दै आएको सानो टुक्रा जमिन पनि अर्केको नाममा पास भएको अहिले पो थाहा पायौँ ।’

‘दुःखीलाई सधैं कोरोनो,’ ६० वर्षीया पत्नी फूलकुमारीसँग पिँढीमा बसेका ६७ वर्षीय लट्टुले चिन्तित हुँदै थपे– जमिन गुम्न लागेको पिर कोरोना भन्दा पनि डरलाग्दो छ ।

प्रदेश सरकारले हरुवा/चरुवाका लागि केही घर बनाइदिने योजना त ल्यायो तर जमिनै नहुनेको घर कहाँ बनाउने ? त्यसैले लट्टुहरूका लागि प्रदेश सरकारको यो सदासयता ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुन पुगेको छ । ‘समस्या यति जटिल छ,’ उनले थपे, ‘अहिले हामी बस्ने बास र कोरोनाको त्राससँग एकैपटक जुध्न बाध्य छौँ ।’

यसको मतलव उनीहरूलाई कोरोनाको चिन्ता छैन भन्ने हैन । सबैजना सामाजिक दूरी कायम गर्न सुझाउँछन् । यति ठूलो परिवार एउटै झुपडीमा खुम्चिएको अवस्थामा कसरी कायम हुन्छ सामाजिक दूरी ? हरेक वर्ष गिरहत (आफूले कामगरिदिने मालिक) सँग सापटी लिएर गर्जो टार्ने र कमाइधमाइ जति त्यसैको ब्याज तिर्दैमा हरुवा÷चरुवाको जिन्दगी सकिने प्रेमचनको भनाइ छ । लकडाउनका बेलाधेरै हरुवा÷चरुवा परिवार भोकै सुतेको उल्लेख गर्दै उनले भने, ‘राहत पनि नाम मात्रको भयो । ‘हामीलाई बस्ने बास मात्र भइदिए पनि केही खुशी मिल्थ्यो,’ उनको माग खासै ठूलो पनि छैन ।

लट्टुको महत्वाकांक्षा पनि ठूलो छैन । आफ्नै जीवनकालमा आफ्नै नाम छापिएको जग्गाधनी पुर्जा हेर्ने इच्छा छ उनको ।‘अरू सबै कोरोनाको कुरा गर्छन् । तर हामीलाई भने कोरोना कहिले हट्ला भन्दा पनि हाम्रो दुःख कहिले सकिएला भन्ने चिन्ता छ,’ उनले थपे, ‘जिन्दगीभर पसिना बगाउँदा पनि छाप्रो बनाउने जमिनसम्म आफ्नो भएन ।’

उनका नातिहरू दिनभर आँगनको धुलोमा खेल्छन् । शरीर मात्र हैन, अनुहारभरि धुलो लिएर गुँडभित्र पस्छन् बेलुका तर त्यही धुलो पनि आफ्नो नहुनुको पीडा ओकलेका हुन् लट्टु र उनका छिमेकीले ।

‘हाम्रो उद्देश्य नै हरुवा÷चरुवा, गोठाला÷खेताला, भूमिहीन, सुकुमबासी आदिलाई जमिनको मालिक बनाउनु हो,’ भूमिसम्बन्धी समस्या आयोगका सदस्य जगत देउजाले भने, ‘अहिले लगत सङ्कलनको काम भइरहेको छ, त्यसैले केही समयपछि नै किन नहोस्, यी सबैको आफ्नै नाम लेखिएको पुर्जा हेर्ने इच्छा पूरा हुनेछ ।

प्रकाशित: ११ मंसिर २०७७ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App