coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धनकुटामा महिला हिंसा विरुद्धको १६ दिने अभियान

धनकुटामा महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । १६ दिने अभियानको अवसरमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले रोक्न  कानुनी र नैतिक दण्ड हुनु पर्नेमा जोड दिएका छन् ।  

धनकुटा नगरपालिकाले आयोजना गरेको लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो वताएका हुन् । उनीहरुले महिला हिंसा रोक्न कडा रुपमा कानुनी र नैतिक दण्ड हुनु पर्नेमा जोड दिएका छन् ।  

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले महिला भएकै कारण समाजमा हिंसा सहनु पर्ने हट्नु पर्नेमा जोड थियो । साथै, उनीहरुले महिला हिंसाको अधिकांश घट्ना घर भित्रबाटै हुने गरेको दावी गरेका छन् ।  

धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला वस्नेतको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्र्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उप–प्रमुख वंगला राई, प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली, प्रहरी प्रमुख गोविन्द अधिकारी, लगायतले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।  

हरेक वर्ष नोमेम्भर २५ देखी डिसेम्भर १० सम्म आयोजना हुने लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा यो वर्षको राष्ट्रिय नारा भने “लैगिङ्गक हिंसाको अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सवैको प्रतिवद्धता” भन्ने रहेको छ । उक्त छलफल तथा अन्र्तक्रिया कार्यक्रमको औचित्य माथि हुसाडेक नेपालका अध्यक्ष गीता अधिकारीले प्रकास पारेकी थिईन । महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले स्थानिय मदनचोकमा दिप प्रज्वलन समेत गरेका थिए।  

प्रकाशित: ११ मंसिर २०७७ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App