७ वैशाख २०८१ शुक्रबार
समाज

अस्पताल चाहार्दाचाहर्दै विरामीको ज्यान गयो

पोखरामा एक विरामीको समयमै उपचार नपाएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षिय राजेश कार्कीको अस्पताल चाहार्दाचाहार्दै समयमै उपचार नपाउँदा मृत्यु भएको हो। पोखरामा उपचारका लागि अस्पताल चाहार्दाचाहार्दै एक हप्तामै दोश्रोपटक मृत्यु भएको हो। यसअघी स्याङ्जा पुतलीबजारकी धनमाया गुरुङको पनि पोखराका विभिन्न अस्पताल डुलाउँदापनि उपचार गर्न नमान्दा मृत्यु भएको थियो।

बुधबार साँझ ७ः३० बजे श्वास्थ्यमा समस्या आएपछि अस्पताल दौडाएपनि एकपछि अर्को अस्पतालले विभिन्न बहाना गरेर उपचार गर्न नमान्दा विरामीको मृत्यु भएको मृतकका साला सुजन गुरुङले बताए।

श्वास प्रश्वासको समस्या आएलगत्तै हामीले शुरुमा पोखराको मेट्रोसिटी अस्पताल लग्यौं,उनले भने, ‘तर अस्पतालले विरामीको अवस्था हेर्नुको त परको कुरा विरामीलाई एम्वुलेन्सबाट झार्नसमेत दिए।’ अस्पतालमा आईसियू, भेन्टिलेटर केहिपनि छैन भन्दै मेट्रोसिटी अस्पतालले फकाईदिएको गुरुङको भनाई छ।

मेट्रोसिटीले उपचार गर्न नमानेपछि हामीले भिनाजुलाई लेकसिटी हस्पिटल लग्यौं,‘उनले भने,‘त्यसलेपनि आकस्मिक कक्षमा एकछिन राखेपछि भेन्टिलेटर छैन भन्दै फर्काईदियो।’ लेकसिटीले आफूसँग आईसियू र भेन्टिलेटर नभएकाले आईसियू र भेन्टिलेटर भएको अस्पताल लैजान भनेर पठाएको गुरुङले बताए। विरामीको अवस्था थप नाजुक भएर हामी आत्तिदै त्यहाँबाट निस्केर अस्पताल खोज्दै भौतारिन थाल्यौं। केहिबेरपछि हामीले फिस्टेल हस्पिटल पु.यायौं,उनले भने,‘त्यहाँ एकछिन आकस्मिक कक्षमा राखेर अवस्था बुझेपछि हामीसँग भेन्टिलेटर छैन अन्तै लैजानु भने।’ फिस्टेलका स्वास्थ्यकर्मीलाई हामीले कुनै अस्पतालमा रिफर गर्दिनु नत भन्दा हामीले भनेको भन्यो भने अर्को अस्पतालले झन् उपचार गर्न मान्दैन भनेर पन्छिएको गुरुङले बताए।

फिस्टेलपछि मणिपाल शिक्षण अस्पताल पुग्यौं। तर अस्पतालले शुरुमा उपचार गर्न मानेन। करीब १ घण्टा अस्पताल प्राङ्गणमा राख्दापनि उपचार गर्न नमानेपछि साथी रमेश भण्डारीलाई भनेर त्यहाँको एक डाक्टरलाई फोन गरेपछि मात्रै उपचार गर्न राजि भएर भर्ना लिएको गुरुङले बताए। मणिपालले उपचार शुरु गर्दा निकै नाजुक अवस्था भएको भिनाजुको राती १ बजे मृत्यु भएको गुरुङले बताए।

मणिपाल अस्पताल लैजानु भन्दा अगाडि चरक हस्पिटलमासमेत फोन गरेर बेड सोध्दा छैन भनेको गुरुङले बताए। भिनाजुमा श्वासप्रश्वासको समस्या भएपनि हस्पिटलहरुले कोरोनाको विरामी भएको आशंकामा उपचार गर्न नमानेको हुनसक्ने उनको अनुमान छ। मणिपाललेपनि मृत्युको कारणमा सस्पेन्स अफ कोरोना भनेर लेखेको भएपनि पिसीआर टेस्ट गर्न भने नभनेको उनले जानकारी दिए।

गुरुङले केहिदिन अघि आफूले उपचार नपाएर मृत्यु भन्ने समाचार पढेको तर अहिले आफैले भोग्नुपरेको बताए। कोरोनाको बहानामा यहाँ उपचार नपाएरै मृत्युवरण गर्नुपर्ने अवस्था छ,‘चित्त दुखाउँदै उनले भने,‘यो विकराल स्थितिको अन्त्य हुनुपर्छ, अबदेखि कसैलेपनि उपचार नपाएर मृत्यु भएको सुन्न नपरोस्।’ अस्पतालको सारै दादागिरी नै रहेछ,‘उनले भने,‘अस्पतालको लापर्वाहीबारे छानविन गरेर कार्वाहीसमेत गर्न माग गर्छु।’ उनले समयमै उपचार पाएको भए आफ्नो भिनाजु बाँच्ने भएपनि अस्पतालकै लापर्वाहीले भिनाजुको मृत्यु भएको बताए। शुरुमा बेड छैन भनेर उपचार गर्न नमान्ने मणिपालले पछि साथीको फोनपछि बेड मिलाउनु र उपचार गर्नूपनि लापर्वाही भएको उनको भनाई छ।

प्रकाशित: ११ मंसिर २०७७ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App