७ वैशाख २०८१ शुक्रबार
समाज

बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता, एक घाईते

पृथ्वी राजमार्ग अर्न्तगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जना घाईते छन्।  प्युठान जिल्लाबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहिबार बिहान साढे पाँच बजे त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिए। पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते भएका छन्। टाउको र पेटमा चोट लागेका उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ।

वेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जेनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका छन्। भने पिकअप भ्यान समेत पानीले डुबेर नदेखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिए। बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी कुरिनटारको गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०७७ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App