coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीका दुईजना जिउँदो सालकसहित पक्राउ

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीमा जिउँदो सालक लिएर हिडिरहेका दुईजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। आन्दाजी दिउँंसो एक बजे विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन के.सीको कमाण्डमा प्रहरी टोली खटी गई युरिया ५० केजी लेखिएको सेतो बोराभित्र प्लाईको बाकसमा जिउँदो सालक लिएर हिडिरहेको अवस्थामा जिल्लाकै लोकन्थलीबाट उनीहरुलाई पक्राउ गरेको हो।  

पक्राउ पर्नेहरुमा धादिङ शितली गाउपालिका ३ झार्लाङदी घर भई हाल काठमाडौ महानगरपालिका वडा नं २६ कपुरधारा बस्ने वर्ष २७ का ध्रुवबहादुर मगर र सोही जिल्ला घर भई काठमाडौ महानगरपालिका २६ लैनचौर बस्ने वर्ष ३१ का भीमबहादुर मगर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। निज सशस्त्र प्रहरीमा कार्यरत रहेको समेत बुझिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। उनीहरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याइ प्रारम्भिक अनुसन्धान भइरहेको साथै थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइने परिसरका सूचना अधिकृत गिरीले जनाए।  

उनीहरुबाट खानतलासीको क्रममा ग्लोबल आई.एम.ई. बैंकको चेक बुक २ थान, नागरिकता प्रमाण पत्र थान १, हरियो निलो झोलाभित्र एचवी कम्पनीको आठ जीवीको पेन ड्राइभ थान १, ग्लोबल आई.एम.ई. को भौचर ८ थान, कृषि विकास बैंकको भौचर ४ थान, राजश्व तिरेको विल ३ थान, मोवाइल ४ थान, एभरेष्ट बैंक लिमिटेडको नगद जम्मा गरेको भौचर, भीमबहादुर थापाको सवारी चालक अनुमति पत्र थान १, व्यक्तिगत नं. ०४८९१२ भएको सशस्त्र प्रहरी बलको परिचय पत्र थान १, राष्ट्रिय बाणिज्य बैंकको कार्ड थान १, सिदार्थ बैंकको एटीएम कार्ड थान १ बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७७ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App