८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ मा थप तीन कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिला र एक पुरुषको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति  ११ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएका उनलाई सोही दिन कोरोना संक्रमण देखिएको थियो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजे मृत्यु भएको छ । महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उनले बताए । अस्पतालले दुवै मृतकमा कुनै दीर्घ रोग भएनभएको बारेमा केही पनि खुलाएको छैन ।

उता कोरोना भाइरस संक्रमित सप्तरीका एक पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । सप्तरीको राजविराज ४ का ५० वर्षीय पुरुषको मंगलबार राति १२ः१५ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मंसिर १ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो । मृतकमा कलेजोको पुरानै समस्या रहेको बताइएको छ ।

प्रकाशित: १० मंसिर २०७७ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App