८ वैशाख २०८१ शनिबार
समाज

बर्दिबास घटनाः प्रहरीको गोली लागेर घाइते एकजनालाई हेलिकप्टरबाट काठमाडौं लगियो

अवरुद्ध राजमार्ग खुल्यो, शव पोष्टमार्टम हुँदै

बालिकाको बलात्कारपछि हत्याको बिरोधमा बर्दिबासमा तनाव तस्बिर : नागरिक

महोत्तरीको बर्दिवास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा सुरक्षाकर्मीले गोली चलाएको छ। गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन्। गम्भीर घाइते संयज भन्ने बुद्धिबहादुर न्यौपानेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।  

बर्दिबास नगरपालिका–१ का न्यौपानेको तिघ्रामामा गोली लागेको थियो। अर्का घाइते श्याम कार्की र आफताब आलमको अहिले बर्दिबास स्थित अस्पतालमा उपचार भैरहेको छ। मृतक बालिकाको शव पोष्टमार्टम भइरहेको छ। राजमार्गको अवरोद्ध खुलाई सावारी आवगमन सुचारु भैसकेको छ। प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार अहिले बर्दिबासको अवस्था समान्य भैसकेको छ।

महोत्तरीको बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको विरोधमा उत्रिएका स्थानीयले आगो नियन्त्रण गर्न आएका दुई वटा सवारी साधनमाथि तोडफोड गरेका छन्। प्रदर्शनकारीले प्रहरी बिटमा ढुंगामुढा प्रहार गर्नुका साथै आगजनी गरेका छन्।  

आक्रोशित प्रदर्शनकारीले बालिका हत्याका आरोपित गौशाला ५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिबास १४ स्थित घरमा समेत आगजनी गरेको छ। आरोपित साह प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: ९ मंसिर २०७७ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App