९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बालिका बलात्कार र हत्याको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २ जना घाइते

बालिकाको बलात्कारपछि हत्याको बिरोधमा बर्दिबासमा तनाव। तस्बिर: नागरिक

महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ। रबरको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएका छन्। मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर गरिएको राजमार्ग अवरुद्ध खोलाउन सुरक्षाकर्मीले गोली चलाएको हो।  

बर्दिबास नगरपालिका–१ का संजय न्यौपानेको तिघ्रामा र श्याम कार्कीलाई रबरको गोली लागेको छ। बर्दिबास १४ का आफताव आलमको सुरक्षाकर्मीको लठी प्रहारबाट टाउको फुटेको छ। घाइतेहरुको पिनाकल अस्पताल बर्दिबासमा उपचार भैहरहेको प्रहरीले जनाएको छ। संजय सिकिस्त भएकाले उनलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको छ।

महोत्तरीको बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको विरोधमा उत्रिएका स्थानीयले आगो नियन्त्रण गर्न आएका दुई वटा सवारी साधनमाथि तोडफोड गरेका छन्। प्रदर्शनकारीले प्रहरी बिटमा ढुंगामुढा प्रहार गर्नुका साथै आगजनी गरेका छन्।  

आक्रोशित प्रदर्शनकारीले बालिका हत्याका आरोपित गौशाला ५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिबास १४ स्थित घरमा समेत आगजनी गरेको छ। आरोपित साह प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: ९ मंसिर २०७७ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App