५ वैशाख २०८१ बुधबार
समाज

धादिङको गजुरीबाट ६ किलो चरेशसहित दुई जना पक्राउ

धादिङको गजुरीबजारबाट प्रहरीले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट ६ केजी चरेश बरामद गरेको हो।  

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौला बजारका २२ वर्षीय दिलिप दाहाल र सोही ठाउँका २० वर्षीय राजन परियार रहेका छन् ।

गल्छीबाट चितवनतर्फ जाँदै गरेको ग १५ प ३३५० नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिणामको चरेश फेला पारेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सीनाले जानकारी दिए।  

प्रकाशित: ९ मंसिर २०७७ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App