७ वैशाख २०८१ शुक्रबार
समाज

वीपीमा २ जना कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमितको मृत्यु निधन छ।  

प्रतिष्ठानको सुचना केन्द्रका अनुसार एक जनाइलामका २५ बर्षीय युवा र अर्का मोरङको सुन्दर हरैचाका ६७ बर्षीय वृद्ध पुरुषको निधन भएको हो। इलामका युवाको गए राती साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। ती युवा दीर्घ रोगी थिए भने उनलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।

यस्तै, मोरङको सुन्दर हरैचका ६७ बर्षीय वृद्धको आज बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। उनी मधुमेहका रोगी थिए। उनलाई कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो। दुवैको शवलाई नियम अनुसार व्यवस्थापन तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७७ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App