७ वैशाख २०८१ शुक्रबार
समाज

गण्डकी प्रदेशका कृषि मन्त्री कोरोनामुक्त

गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगर कोरोना संक्रमण मुक्त भएका छन्। उनी आइतबार कोरोना संक्रमण मुक्त भएका हुन्।

मन्त्री थापा मगरले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमण मुक्त भएको जनाएका छन्। मन्त्री थापालाई गत कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर उनलाई लक्षण भने कात्तिक ६ गतेदेखि नै देखिएको थियो।

मन्त्री थापा मगरले कोरोनालाई उच्च मनोवल बनाएर बारम्बार तातोपानी खाएर जित्न सकिने बताएका छन्। तर कोरोना लाग्न नदिनका लागि उच्च सतर्कता अप्नाउन उनले सम्पूर्णलाई आग्रह गरेका छन्।

मन्त्री थापा मगरले आफूले कोरोना जितेकाले अब आफू मन्त्रालयको काममा फर्किएर जनताको सेवामा खटिने बताए।

प्रकाशित: ७ मंसिर २०७७ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App