७ वैशाख २०८१ शुक्रबार
समाज

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइयो

छठी माताको सामूहिक पूजाआजा गर्दै महिलाहरु ।

कोरोना संक्रमणको महामारी बीच अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ शुक्रबार छठ पर्व मनाइएको छ। कपिलवस्तु नगरपालिका–१ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा छठी माताको पूजाआजा गर्दै यो पर्व मनाइएको हो।  

यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरुले सूर्यको बिशेष पूजापाठ गरी सामूहिकरुपमा यो पवै मनाएका हुन्। कोरोना महामारी कै बीच भक्तजनहरुले त्यसको पर्वाह नगरी बिना मास्क र स्वास्थ्य मापदण्डको पालना नगरी सामूहिक पूजापाठमा जुटेका हुन्। प्रशासन कार्यालयले घरघरमा पर्व मनाउन गरेको आग्रहलाई उनीहरुले कुनै वास्ता गरेनन्। यद्यपी यस वर्ष भने गत वर्षको तुलनामा भक्तजनहरुको संख्या भने कम थियो। यस वर्ष कोरोनाले गर्दा भक्तजनको संख्या घटे पनि आस्था भने नघटेको पूजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए। भक्तजनहरु जम्मा भएर सामूहिकरुपमा पूजापाठ समेत गरेका थिए। 

पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदायका सहभागी थिए। बिशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधना समेत गरेका थिए। छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख समृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ। उनीहरुले उक्त नदीमा पूजा गरी प्रसादका रुपमा आज बासको सामग्रीमा अर्घ्य दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए। \

छठ पर्वका लागि पूजा ब्यवस्थापन समिति गठन गरी जमुहार र रामघाट नदीमा पूजाआजाका लागि बिशेष ब्यवस्था गरेको थियो। समितिले टेन्ट, लगायतका सामग्रीहरुको ब्यस्था गरेको थियो। चार दिनसम्म मनाईने छठ शनिबार बिहान सम्पन्न हुदैछ। बुधबार चोखो भोजन ग्रहण गर्ने, बिहीबार सुर्यास्त पछि एक छाक खाने, शुक्रबार अस्ताउँदो र शनिबार उदाउँदो सूर्यलाइृ अर्घ्य दिने चलन छ। पूजास्थलको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो।

प्रकाशित: ५ मंसिर २०७७ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App