coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना सङ्क्रमित भएका छन्। सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो।

सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ। 

प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७७ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App