coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थपिए ५ सय २ जना कोरोना संक्रमित, १७ को मृत्यु

पछिल्लो २४ घण्टामा ५ सय २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनामा गरिएको परीक्षणमा ५ सय २ कोरोना संक्रमित थपिएका हुन्।

 पछिल्लो पटक १७ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ८ सय ७८ जना कोरोना मुक्त भएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ। सक्रिय संक्रमित ३० हजार ९८६ जना रहेका छन् भने १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ।

प्रकाशित: २ मंसिर २०७७ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App