८ वैशाख २०८१ शनिबार
समाज

वीपीको कोभिड अस्पतालमा कोरोनाबाट सुत्केरीको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणले छैटौं दिनकी सुत्केरीको मृत्यु भएको छ।  

प्रतिष्ठानका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका ५ की १९ वर्षीया युवतीको मृत्यु भएको हो। उनको आज बिहान साढे ४ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतक सुत्केरी भएको पाँचौं दिनमा हिजो प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो।

डेलिभरी भएको छैटौं दिनमा आज बिहान युवतीको मृत्यु भएको हो। उनको डेलिभरी कहाँ भएको थियो भनेर प्रष्ट जानकारी नभएको सहप्रवक्ता डा.श्रेष्ठले बताए। मृतकको शवलाई नियम अनुसार व्यवस्थापनको तयारी भइरहेको छ।

प्रकाशित: २९ कार्तिक २०७७ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App