coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कारविरुद्ध गोरखामा प्रदर्शन

गोरखा सदरमुकाममा बलात्कारविरुद्ध प्रदर्शन गर्दै युवतीहरु । तस्बिर : नागरिक

बढ्दो बलात्कार र हिंसाका विरुद्ध गोरखामा शनिबार युवतीहरुले प्रदर्शन गरेका छन्। स्वस्फूर्त भेला भएका २५ भन्दा बढी युवतीहरुले कालो लुगा, कालो पट्टी र मास्क लगाएर बिरोध जनाएका हुन्।  

‘बलात्कारविरुद्ध हाम्रो प्रदर्शन हो’ बिरोध प्रदर्शनको अगुवाई गरेकी सुमित्रा मग्रातीले भनिन् ‘दिनदिनै बलात्कारको घटना बढेको छ, यसको अन्त्य गर्न हामी चरणबद्ध आन्दोलन र बिरोधका कार्यक्रम गर्छौँ।’ बलात्कारको लिंग हुँदैन, घर भित्रै पनि होशियार, हामी चुप कहिले सम्म, अझै कति सहने लगायत नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए।  

अभियानता बिभुती पोखरेलले बलात्कार र हिंसाविरुद्धको कविता बाचन गरेकी थिईन्। कानुनलाई अझै कडा बनाउनुपर्ने, हद म्याद थप गर्नुपर्ने लगाएतका मागहरु पनि उनीहरुले राखेका छन्। करिब एक घण्टासम्म सदरमुकामको हरमटारी चोकमा भेला भएका युवतीहरुले बलात्कारविरुद्धका नारा समेत लगाएका थिए।

प्रकाशित: २२ कार्तिक २०७७ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App