७ वैशाख २०८१ शुक्रबार
समाज

बागलुङ अस्पतालमा एक कोरोना संक्रमतिको मृत्यु

बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ वर्षीय एक जना कोरोना संक्रमित पुरुषको मंगलबार बिहान १० बजे मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १२ गते धौलागिरी अस्पताल भर्ना भएका वृद्धलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतला भर्ना भएका उनलाई १२ गते नै अस्पतालको भेन्टिलेटरमा उपचार गरिएको र मंगलबार मृत्यु भएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले बताए।  ‘संक्रमति बिरामी पनि हुनुहुन्थ्यो। उहाँको शव सुरक्षित साथ व्यवस्थापन हुन्छ’, गौतमले भने। संक्रमति अस्पताल भर्ना हुँदा थाइराइड, उच्च रक्तचाप र मधुमेहको समस्या देखिको थियो। यससँगै बागलुङमा मृत्तकको संख्या ५ पुगेको छ।

प्रकाशित: १८ कार्तिक २०७७ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App