१६ चैत्र २०८० शुक्रबार
समाज

बर्दियामा बाघको आक्रमणबाट फेरि एकको मृत्यु

बर्दियामा बाघको आक्रमणमा परी फेरि एक जना पुरुषको मृत्यु भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको बाघ निकुञ्ज बाहिर आएर गेरुवागाउँपालिका वडा नं. ४ राजिपुरका ५८ वर्षिय लहानु थारुलाई आक्रमण गरी मृत्यु भएको प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी गराए।  

प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघको आक्रमणलाई नियन्त्रण गर्नका लागि ट्रयाकिङ क्यामेरा जडान भईरहेको तथा पीडित परिवारलाई काजक्रिया गर्नका लागि राहत रकम उपलब्ध गराउने जानकारी दिए।  

२ महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा यससँगै ६ जनाको मृत्यु भईसकेको छ।  

गत साता मात्रै मधुवन नगरपालिका वडा नं. ३ बस्ने २ जना पुरुषको नरभक्क्षी बाघको आक्रमणमा परी मृत्यु भएको थियो।

प्रकाशित: १५ कार्तिक २०७७ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App