१६ चैत्र २०८० शुक्रबार
समाज

बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन

क्याप्शन

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिएका छन्। उनले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर बिसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे। सो स्थलको शुक्रबार निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई कामको जिम्मेवारी पाएको लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले आगामी मङ्सिर १ गतेदेखि काठमाडौँ र ललितपुरको फोहोर बिसर्जन गर्न मिल्ने गरी काम भइरहेको अवगत गराएका थिए।  

कूल एक हजार ७ सय ९२ रोपनी जग्गा रहेको सो क्षेत्रमा अहिलेसम्म ल्याण्डफिल साइड जाने बाटोको निर्माण, डाँडा कटान, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण र दुईवटा भवन निर्माण सम्पन्न भएका छन्। अब फोहोर बिसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न बाँकी रहेको छ। 

मन्त्रीका साथ मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक पद्मकुमार मैनालीसहितको टोली निरीक्षणमा पुगेको थियो।

प्रकाशित: १५ कार्तिक २०७७ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App