coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राससका महाप्रबन्धक शर्मालाई कोरोना संक्रमण

राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। महाप्रबन्धक शर्मा होम आइसोलेसनमा छन्।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्। स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित थिए। महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै संक्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेसनमा छन्। 

उनीहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरोनाका सामान्य लक्षण देखिएका छन्। रासस

प्रकाशित: १५ कार्तिक २०७७ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App