coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

करेन्ट लागेर महिलाको मृत्यु

उदयपुरकी एक महिलाको विद्युतीय झट्का (करेन्ट) लागेर निधन भएको छ। शुक्रबार राति खेतमा पानी लगाउन राखिएको मोटरको करेन्ट लागेर त्रियुगा नगरपालिका २ खैजनपुरकी रीता बुढाथोकीको निधन भएको हो।  

घर नजिकै खेतमा पानी पटाउन राखेको मोटर चलाउने क्रममा करेन्ट लागेर ३८ वर्षीया बुढाथोकीको निधन भएको उनका श्रीमान दीपक बुढाथोकीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ।  

राति ७ बजे भएको घट्नाबारे थप विवरण केही खुलेको छैन। घट्नाबारे अनुसन्धान सुरु भईरहको प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७७ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App