coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ज्वारे पूर्णिमामा धामी नाच हुँदै

कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ। कोजाग्रत पूर्णिमाको दिन आज बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर) मा देवताका धामी र भत्तालुको भिड लागेका छन्। मौला, नाच्नेडाँडा, लामाथाणा पालिकाभरका देवताका धामी जम्मा भएर धामी नाच नाच्ने चलन छ।

हुम्लाको अदानचुली गाउँपालिका, ताँजकोट, सर्केघाड, सिमकोट र खार्पुनाथ गाउँपालिकालगायत विभिन्न गाउँमा आज बिहानै देखि ठूलो धाम लागेको छ। परम्परागत मान्यताअनुसार आज बिहानैदेखि मदाना देव र कालसिल्तो देवाताका मन्दिरमा ठूलो पूजाआजा र जात्रा लागेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए। उनका अनुसार हुम्ला, मुगु र बाजुरा जिल्लाका तीर्थालु आएर अदानचुलीमा ठूलो मेला लाग्ने भएपनि यसपटक कोरोना सङ्क्रमणका कारण बाहिरबाट आउनेलाई बन्द गरिएकाले तीर्थालुको सङ्ख्या केही कम रहेको छ।  

यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिकाको राया, लेख र सिमकोट गाउँपालिकाको याङ्गगु गाउँमा लाग्ने ज्वारेपूर्णिमा हेर्न सदरमुकाम सिमकोटबाट भक्तालु त्यसतर्फ लागेका छन्। यी गाउँहरुमा पनि विभिन्न देवताका धाम लाग्नुका साथै धुमधामका साथ धामी नचाउने गरिन्छ। आज र भोलि सञ्चालन हुने पूर्णिमा हेर्न भक्तालु जाने गर्दछन्।

प्रकाशित: १४ कार्तिक २०७७ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App