८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ मा कोरोनाबाट १ सय ८५ को मृत्यु

प्रदेश १ मा कोरोनाका कारण हालसम्म १ सय ८५ जनाले ज्यान गुमाएका छन्।

विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा एक जना कोरोना संक्रमित पुरूषको शुक्रबार मृत्यु भएपछि संख्या १ सय ८५ पुगेको छ। झापाको शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।

निमोनिया देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको नोबेल हस्पिटलका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो। मृतकमा दिर्घरोगको समस्या थिएन। आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिए।

प्रकाशित: १४ कार्तिक २०७७ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App