१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाका कारण पत्रकार चौलागाईंको निधन

कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि ५१ वर्षिय चौलागाईं होम आइसोलेसनमा बसेका थिए। उनी काभ्रे पोष्टको सम्पादक थिए।

ज्वरो बढेपछि उनलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध बनाएको बताउँदै श्रद्धञ्जली व्यक्त गरेका छन्।

उनले फेसवुकमा लेखेका छन्, ‘काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौलागाईंको निधनको खबरले स्तब्ध छु। चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना।’  

 

 

प्रकाशित: १४ कार्तिक २०७७ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App