८ वैशाख २०८१ शनिबार
समाज

बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका ८  का ५५ वर्षीय पुरुषको आज बिहान  मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा बिष्णु गौतमले जानकारी दिए।  

कात्तिक १ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको आइसीयुमा भेन्टिलेटरको  सहायतामा उपचार भइरहेको थियो। उच्च रक्तचाप,मधुमेहको समेत समस्या रहेका उनलाइ स्वासप्रश्सवाको समस्या देखिएपछि अस्पताल ल्याइएको र उपचारकै क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको डा गौतमले बताए। यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

 

प्रकाशित: १४ कार्तिक २०७७ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App