१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

युवती बलात्कार गर्ने दुई पक्राउ

बलात्कार गर्ने दुई युवक। तस्विरः महेश्वर/नागरिक

एक सुस्त मनस्थितिकी युवतीलाई सामुहिक बलात्कार गर्ने उदयपुरका दुई युवक पक्राउ परेका छन्। स १ ह १५७६ नं. को अटोमा सवार १८ वर्षीया सुस्त मनिस्थतिकी युवतिलाई जवरजस्ती बलात्कार गरेको अभियोगमा त्रियुगा नगरपालिका ३ का ३२ वर्षीय अल्लाह उदिन र त्रियुगा १२ का २५ वर्षीय मोहम्मद मोदेबुल पक्राउ परेका हुन्।  

प्रहरीका अनुसार गत १२ गते अटोमा सवार युवतिमाथि राति साढे ९ बजेको समयमा त्रियुगा नगरपालिका २ मोथियाहीमा उनीहरुले जवरजस्ती गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई बिहीबार दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए।  

पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको र उनीहरुमाथि जवरजस्ती करणी ऐन अन्तर्गत कारबाही गर्ने गरी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७७ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App