८ वैशाख २०८१ शनिबार
समाज

कोरोना उपचारमा चर्को शुल्क रोक्न माग

कोरोना उपचारमा निजी अस्पतालहरूले मनोमानि रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न नेपाली कांग्रेस विराटनगर समितिले माग गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस विराटनगर महानगरसमितले कोरोनाको उपचारका नाममा  निजी अस्पतालहरूले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न माग गरेको हो। 

नेपाली कांग्रेस  विराटनगर महानगर समितिका कार्यबहाक सभापति अरुण न्यौपानेले पहिलो चरणमा निजी अस्पतालले कोरोनाको उपचारका नाममा मनोमानि रुपमा लिइरहेको चर्को शुल्क घटाउन, उपचार गर्न जाँदा पहिलै धरौटी राख्नुपर्ने व्यवस्था हटाउन  र कोरोना उपचार गर्ने अस्पतालको अनुगमन गर्न नगरसमितिले माग राखेको बताए। उनले आफूहरूले राखेको माग पुरा नभए सरकार विरुद्ध चरणबद्ध रुपमा आन्दोलनमा उत्रन बाध्य हुने स्पष्ट पारे। उनले भने‘निजी अस्पतालले कोरोना उपचारका नाममा मच्चाइरहेको लुट नरोके सरकार विरुद्ध चरणबद्ध आन्दोलन थाल्छौं।’  नगर सचिव प्रकाश दाहालले कोरोना उपचारका लागि निजी अस्पतालहरूले ३ देखि ४ लाख धरौटी माग्ने गरेको, आइसीयुका लागि दैनिक ३५ हजार र भेन्टिलेटरका  लागि दैनिक ५० हजार रुपैयाँसम्म लिने गरेको जानकारी दिए। उनले निजी अस्पतालहरूले लिने गरेको चर्को शुल्कका कारण कोरोना संक्रमितले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आएको बताए।  

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App