५ वैशाख २०८१ बुधबार
समाज

३० लाख नगदसहित १० जुवाडे पक्राउ

नेपालगन्जमा ३० लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका छन्। बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रबाट करिव ३० लाख नगदसहित १० जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए।

‘३० लाख बराबरको नगदसहित १० जना जुवाडेलाई हामीले पक्राउ गरेका छौं, विस्तृत कुरा हामी आधिकारिक रुपमा जानकारी गराउँदैछौं,’ उनले नागरिकसँग टेलिफोनमा भने।  

पक्राउ परेका ब्यक्तिहरु नेपालगन्ज क्षेत्रका ‘हाइप्रोफाइल’ ब्यक्तिहरु रहेको बताइएको छ। यति ठूलो परिमाणको नगदसहित बाँकेमा जुवाडे पक्राउ परेको सम्भवत यो पहिलो भएको बाँके प्रहरीको दाबी छ। उनीहरुको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन। प्रहरी स्रोतका अनुसार दसैंको मौका छोपेर केही दिनयता नेपालगन्जको बसपार्क क्षेत्रमा जुवा चल्दै आएको थियो।  

 

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App