१५ चैत्र २०८० बिहीबार
समाज

प्रदेश १ मा ५ सय ५६ जना संक्रमित थपिए

प्रदेश १ मा बुधबार  ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ४२, सुनसरीमा १ सय ९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ७१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६४ महिला र १ सय ७ पुरुष छन् । मोरङको उर्लाबारीमा १३, सुन्दरहरैचामा १२, बेलबारीमा ९, पथरीशनिश्चरेमा ८, मिक्लाजुङमा ५, बुढीगंगा र रतुवामाईमा ४–४, सुनबर्षी र कटहरीमा ३–३, रंगेली, केराबारी, कानेपोखरी र लेटाङमा २–२, ग्रामथान र जहदामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ९७, धरानमा ६६, इनरुवामा २१, दुहवी, रामधुनी र गढीमा ३–३, बराहक्षेत्रमा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०–१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २–२, भद्रपु र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको चौदण्डीगएमा ३, कटारीमा २ र त्रियुगामा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साँगुरीगढी र छथरमा १–१, संखुवासभाको चैनपुर र मकालुमा २–२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा २ र म्याङलुङमा १ र प्रदेश १ बाहिरका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ५० पुगेको छ ।

प्रदेश १ मा बुधबार ६ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १ सय ३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा बुधबार   १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१९ महिला र ३ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५६ हजार ५ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १२ कार्तिक २०७७ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App