coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

म्याग्दीमा संक्रमति होम आइसोलेसनमा बस्न थाले

म्याग्दीमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टि हुन थालेपछि जिल्लाभित्र रहेका १९ जना संक्रिय संक्रमित मध्य १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।  

संक्रमतिमध्ये मंगला गाउँपालिकामा ७ जना, बेनी नगरपालिकामा ३ जना र धवलागिरी गाउँपालिका २ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले जनाकारी दिए। ‘होम आइसोलेसनमा सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पोजेटिभ आएका हुनुहुन्छ, दैनिक स्वास्थ्यकर्मीको निगरानीमै हुनुहुन्छ’ लम्सालले भने। उनका अनुसार होम आइसोलेनमा बस्दा अपनाउनुपर्ने जनस्वास्थ्यकमा मापदण्डको कार्यान्वयनको अवस्थाको निगरानी, स्वास्थ्यमा समस्या आएमा तत्कालै उपचार, चिन्ह, लक्षण देखिएमा थप उपचारका लागि बेनीमा ल्याउने ब्यवस्था समेत मिलाइएको छ।  

नेपाल सरकारले सबै स्थानीय तहलाई ५ शैयाको अस्थायी कोरोना अस्पताल बनाउन आवश्यक बजेट समेत विनियोजन गरिसकेको अवस्थामा होम आइसोलसनमा बस्न समेत नसक्नेहरुलाई कोरोना अस्पतालमा राखेर उपचार गरिने छ। विपन्न र आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा स्थानीय तहले नै खर्च गर्ने समेत ब्यवस्था रहेको छ । यसैबीच बेनीमा रहेका क्वारेन्टिन समेत विस्तारै निस्कृय गर्दैं जाने तयारी भइरहेको छ। 

स्वाब दिएर अनिवार्य होम क्वारेन्टिनमा बस्ने, नेगेटिभ रिर्पोट आएपनि केहीदिन जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने ब्यवस्था बनाएर विद्यालयमा राखिएको क्वारेन्टिनलाई हटाउने सोच कोभिड १९ संकट ब्यवस्थापन समितिको रहेको छ।

प्रकाशित: ११ कार्तिक २०७७ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App