१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोना प्रभावितलाई उत्पादनमा लगाइँदै

बाग्लुङको बरेङ गाउँपालिकाले कोभिड कहरले विदेशबाट फर्केका युवालाई काममा सहभागी गराउने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको छ।

गाउँपालिकाले पूर्वाधारतर्फ १ सय ८० योजना बनाएर काम गर्दैछ भने प्रत्येक वडा र टोलमै पुगेर योजना सम्झौता गरिएको हो। गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषि, पशु र शिक्षामा प्राथमिकता दिइएको बताए।

उनले पूर्वाधारका भन्दा सफ्टवयरका काम निरन्तरता दिएको जनाउँदै यो वर्ष कोभिड प्रभावितलाई रोजगारीमा जोड्दै उत्पादन वृद्धि गर्ने योजनामा प्राथमिकता दिइएको जनाए। पालिकाले विद्यालय भवन निर्माणदेखि शौचालय र तारबारका काम समयमै सक्ने योजना पनि बनाएको छ। रासस

प्रकाशित: १० कार्तिक २०७७ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App