१६ चैत्र २०८० शुक्रबार
समाज

बाँदरलाई हानेको गोली लागेर एकको मृत्यु

प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा आज एक वृद्धको मृत्यु भएको छ।  

घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँका  ३४ वर्षीय हेमलाल सुनारले आज बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो।  

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए।

प्रकाशित: १० कार्तिक २०७७ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App