७ वैशाख २०८१ शुक्रबार
समाज

जाजरकोटमा आगलागीबाट जले पाँच घर

विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।  

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा  र पर्से परियारको घर पूर्णरुपमा जलेको छ। घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए।  

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ। रासस

प्रकाशित: १० कार्तिक २०७७ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App