८ वैशाख २०८१ शनिबार
समाज

चोकको नाम राख्ने विषयमा झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

रौतहटको गुजरा नगरपालिकामा एउटा चोकको नाम राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गुजरा नगरपालिका वडा नम्बर १ र ७ को बिचमा रहेको एउटा बजारको नाम दुई गाउँका स्थानीयबासीले आफ्नो गाउँको नाममा राख्ने विषयमा विवाद भएपछि भएको झडपलाई नियन्त्रणमा लिन रौतहट प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ।  

करिब एक दशकदेखि चोकको नाम परसवा राख्ने कि मनहरबा भन्ने विषयमा दुई पक्षबीच विवाद रहेको छ। गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले दशैंमा विवाद मिलाउने प्रतिबद्धता व्यक्त गरेका भए पनि विवाद मिलाउनु अघि नै दुई पक्षबLच झडप भएको हो।

चोकमा परसवा नाम राखेर बोर्ड झुन्ड्याउँदा उखेलेर फाल्ने तथा मनहरवा नाम राखेर बोर्ड झुन्ड्याउँदा कालो पोत्ने काम हुँदै आएको हो।

चोकको नाम राख्ने विषयमा विवाद चर्केपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर र स्थानीय प्रहरीको सहयोगले झडपमाथि नियन्त्रण कायम हुन सकेको छ। साँझसम्म स्थिति शान्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

झडपमा एक दर्जनभन्दा बढी मानिस सामान्य घाइते भएका छन्। घटनामा प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन।    

दुवै गाउँका प्रतिनिधिलाई राखेर चोकको नामकरणको विषयलाई टुंग्याइने विषयमा मध्यस्थताको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।  

 

 

प्रकाशित: ९ कार्तिक २०७७ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App