८ वैशाख २०८१ शनिबार
समाज

विहानै सकियो खम्ये जात्रा

दौडाएपछि ब्रम्हायणीमा पुगेको खम्ये ।

भक्तपुरको खम्ये (ठूलो राँंगो) जात्रा यसपालि विहानै सकाइएको छ । प्रत्येक वर्ष महानवमीमा बेलुका दौडाउने खम्य जात्रा यसवर्ष विहानै सकाइएको हो । कोरोनाका कारण भीडाभाड हुनबाट जोगाउन एकाविहानै सिमित मानिसको सहभागितामा जात्रा सकाइएको हो ।  

भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको ठूलो राँंगो दौडाउने जात्रालाई यहाँं खम्ये जात्रा भनिन्छ । जात्राको क्रममा खम्येलाई परम्परा अनुसार नवदुर्गा मन्दिरबाट दतात्रय, सूर्यमढी, च्याम्हसिंह हुदै बम्हयणीपीठसम्म पुर्याएको हो । राँंगोलाई त्यहाँं परम्परा अनुसार बध गरिन्छ ।  

भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले कोरोनाको माहामारीलाई ध्यानमा राखेर विहानै खम्य जात्रा गरेको बताए । उनले दिनभरी लगाएर गर्ने सबै पाठपुजाका काम राति नै सकारए विहान खम्ये जात्रा गरेको जनाए ।  

जात्रामा जनप्रतिनिधि, स्वयमसेवक, स्वास्थ्यकर्मी र स्थानीय मात्रै सहभागी गराइएको उनले सुनाए । जात्रामा सहभागी भएका सबैलाई फेस सिल, मास्क, ग्लभस लगाउने दिएको उनी बताउँछन् । साथै अरुबेलामा बेलुकी खम्ये लग्ने बेलामा अरुले हेर्न नपाउने खम्यको बली दिइसकेको हुन्थ्यो तर यसपाली विहान भएको कारणले दिनभरी आन्नदले खम्य हेर्न पाउने उनको भनाई छ । खम्य राखेको स्थानमा पनि सुरक्षितका साथ बार राखेर व्यवस्थित तरिकाले मिलाइएको छ । भीडभाड हुन नदिन त्यहाँं प्रहरी पनि परिचालित छ ।  

भक्तपुरका सस्कृतिविद् ओम धौभडेलले इतिहासमै पहिलो पटक खम्यलाई विहानै दौडाएको बताए । परिस्थितिलाई मध्येनगर गरेर सस्कृतिलाई पनि जोगिने गरी गरिएको यो काम सराहणीय भएको उनले बताए ।

प्रकाशित: ९ कार्तिक २०७७ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App