१६ चैत्र २०८० शुक्रबार
समाज

नेपालमा पर्न थाल्यो न्यून चापीय क्षेत्रको प्रभाव, वर्षा हुन्छ कि?

केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नरहेको नेपालमा न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालदेशआसपास न्यून चापीय क्षेत्र छ।  

यसको प्रभाव नेपालमा कस्तो पर्ला?

यस्तो छ महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसम अनुमान

कार्तिक ०८ गते (शनिबार)

दिउँसो: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०९ गते (आइतबार)

दिउँसो: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको म्भावना छ।

राती: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक १० गते (सोमबार)

दिउँसो: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: ८ कार्तिक २०७७ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App