coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ मा ४ सय ६० कोरोना संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ४ सय ६० जना कोरोना संक्रमित थपिएका छन्।  मोरङमा २ सय ६२, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३५ जनामा संक्रमण देखिएको छ।  संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन्।  मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैँचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  उता झापाको विर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, तेह्रथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी र साकेलामा १–१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय ६८ पुगेको छ।  

प्रदेशमा ४ सय ८८ जना डिस्चार्ज भएका छन्।  होमआइसोलेसनबाट ४ सय ७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्।  हालसम्म ७ हजार १ सय १३ जना डिस्चार्ज भएका छन्।  

प्रदेशमा १ हजार ५ सय ८५ जनाको पिसिआर परीक्षण गरिएको छ।  परीक्षण गरिएका मध्ये १ सय ६० महिला र ३ सय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।  हालसम्म १ लाख ५२ हजार ५ सय ९६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  

 

प्रकाशित: ७ कार्तिक २०७७ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App