७ वैशाख २०८१ शुक्रबार
समाज

मुख्यमन्त्री पौडेल दम्पती कोरोना संक्रमित

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दम्पती कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन्। पौडेल र धर्मपत्नी विजया अधिकारी पौडेलसँगै, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमित पुष्टि भएको हो।

७५ वर्षिय पौडेललाई केहीदिन अघिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षा विधी अपनाएर होम आईसोलेशनमा बसेको प्रेस संयोजक प्रकाश दाहालले बताए । हेटौंडा उपमहानगरपालिका ११ स्थायीवासी पौडेलले दिनअघि कोरोना परीक्षणका लागि स्वाव दिएका थिए ।

कोरोना संक्रमण पुष्टि भएपनि धेरै ठूलो समस्या भने नभएको सचिवालयले जनाएको छ । कोरोनाको लक्षण देखा परेसँगै उनले स्वास्थ्य सावधानी अपनाएको बताईएको छ।  

 

 

प्रकाशित: ६ कार्तिक २०७७ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App