१६ चैत्र २०८० शुक्रबार
समाज

रुपन्देहीमा थप २ जना संक्रमितको मृत्यु

रुपन्देहीमा बिहिबार थप २ जना संक्रमितको मृत्यु भएको छ।  रुपन्देहीको कञ्चन गाँउपालिका ३ कि ४८ बर्षीया महिलाको उपचारकै क्रममा लुम्बिनी प्रादेशि अस्पतालको फिबर क्लिनीकमा  मृत्यु भएको हो।  स्वास्थ्यमा समस्या देखिएपछि  कात्तिक ४ गते प्रादेशिक अस्पताल ल्याइएकी ती महिलाको सोही दिन स्वाव टेष्ट गर्न पठाइएको थियो।   बिहिबार बिहान उनको रिर्पोट पोजेटिभ आएको थियो।  रिर्पोट आउन ढिलो भएकाले उनलाइ फिबर क्लिनिकमा राखि उपचार गरीएको मा बिहिबार बिहान उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए।  ती महिलालाई श्वासप्रश्वास र उच्च ज्वरो आएको डा. गौतमले बताए।  

रुपन्देहीको देवदह नगरपालिका ८ की एक संक्रमित महिलाको पनि बिहिबारै मृत्यु भएको छ।  कार्तिक २ गते संक्रमण पुष्टि भएकी ७७ वर्षे महिलाको होम आइसोलेसनमै मृत्यु भएको देवदह नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।  ती महिलालाई स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक २ मा उपचारकालागि चितवन लगिएको थियो।  तर रिर्पोट पोजेटिभ आएपछि अस्पतालले फर्काइदिएको र त्यसपछि होम आइसोलेसनमा राखिएको परिवारले जनाएको छ।  

यसअघि बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जनाको मृत्यु भएको थियो।  अर्घाखाँचीको पाणिनी ७ का ३८ बर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ का ८१ बर्षे बृद्धको गएराती मृत्यु भएको हो।  

 

 

प्रकाशित: ६ कार्तिक २०७७ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App